माघ १७ र १८ गते बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै

डिसी नेपाल
३ माघ २०७६ १५:१५

काठमाडौं।  रेबान (रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल) ले नेपाल भ्रमण वर्ष २०२० अवसरमा ‘रेबान–बन्दीपुर फेष्ट २०२०’ को आयोजना गर्ने भएको छ। रेबानले शुक्रबार पत्रकार सम्मेलन गरी माघ १७ र १८ गते पर्यटकीय स्थल बन्दीपुरमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवद्र्धन हुने र काठमाडौं, पोखरा, सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु र बन्दीपुरका पर्यटक व्यवसायीहरुबीच सद्भाव बढाउने उद्देश्यले पनि बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहितको खाना महोत्सव आयोजना गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए । कार्यक्रममा रेबान पोखरा, रेवान सौराहा तथा केन्द्रीय रेवानको सहकार्य रहेको छ ।

महोत्सवमा सहभागीहरुलाई खाना तथा बस्नको लागि छुटको व्यवस्था समेत हुने रेबानले जानकारी गराएको छ । नेपाल आइडलमा गत वर्षका फाइनलिष्ट तथा चर्चित गायक निशाल भट्टराई लगायत अन्य कालाकारको विशेष प्रस्तुति समेत हुने आयोजकले जानकारी गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *