कृष्ण समिपको ‘फ्युजन’ लोक गीत ‘चल न माया चल’ बजारमा [भिडियो]
काठमाडौं। लोकप्रिय लोकदोहोरी गायक कृष्ण समीप सुवेदीले ‘चल न माया चल’ बोल गीत बजारमा ल्याएका छन्। शुक्रबार गायक समीपको गीत युट्युबमार्फत् सार्वजनिक भएको हो।
नेपालको सांस्कृतिक विविधतालाई ‘फ्युजन’ गरेर तयार पारिएको चल्न माया चल गीत एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो।
गीतमा विभिन्न क्षेत्रको सांस्कृतिक परम्परा र परम्परागत शब्दहरुलाई समेट्ने प्रयास गरिएको उक्त गीतका शब्द संकलक र संगीतकारसमेत रहेका गायक समीपले बताए।
यसअघि पनि विभिन्न क्षेत्रमा पुगेर त्यहाँका भाकाहरुलाई फ्युजन गरी आफ्नो एल्बममा प्रस्तुत गर्ने गरेका समीपले यसपटक गीतको बोलमा नै सुदूरपश्चिममा प्रयोग हुने भाषालाई प्रधानता दिएका छन्।
सुदूरपश्चिम क्षेत्रमा ‘चल न माया चल’ को अर्थ जाउँ न माया जाउँ हुने उनले बताए।
थुप्रै चर्चित गीतहरुका सर्जकसमेत रहेका कृष्ण समीपको ‘शिरशिर बतास, मेरो हितैको मायालु कुन्नी कता छ’ गीत अझै पनि धेरैको स्मरणमा रहेको छ।
रागा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको चल न माया चल गीतमा आशिष अविरलको म्युजिक एरेन्ज रहेको छ।
त्यस्तै म्युजिक भिडियोमा सुन्दर र जुना सुन्दासलाई फिचरिङ गरिएको छ भने सन्तोष राजबाहकको निर्देशन छ।
ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन रहेको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment