सत्य निरुपण र वेपत्ता छानविन आयोगमा पदाधिकारी सिफारिस

डिसी नेपाल
४ माघ २०७६ १५:३५

काठमाडौं। द्वन्द्वकालीन न्याय निरुपण तथा वेपत्ताहरुको खोजी गर्ने दुई वटा संक्रमणकालीन न्याय सम्बन्धि आयोगमा पदाधिकारी सिफारिस भएका छन्।

पूर्व प्रधानन्यायधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित सिफारिस समितिले शनिबार संसदीय मामिला तथा कानूनमन्त्री भानुभक्त ढकाल समक्ष पदाधिकारी सिफारिस गरेको हो।

स्रोतका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट सिफारिस गरिएका छन्। सिफारिस समितिले अध्यक्ष र ५ जना सदस्यहरु पनि सिफारिस गरेको छ। तर, सदस्यहरुमा के सिफारिस भए भन्ने खुल्न सकेको छैन।

यस्तै वेपत्ता पारिएका छानविन आयोगमाको अध्यक्षमा युवराज सुवेदी सिफारिस भएका छन्। यो आयोगमा पनि ५ सदस्यहरु पनि सिफारिस गरिएको छ।

यी दुई आयोगमा पदाधिकारी सिफारिस गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका दुई अरु पक्षका नेतृत्वकर्ता नेकपा अध्यक्ष तथा तत्कालीन विद्रोही माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए।

तीन शीर्ष नेताहरुबीच सहमति भएअनुसार सिफारिस समितिले पदाधिकारी सिफारिस गरेको स्रोतले बतायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *