सभामुख पदका लागि उम्मेद्वारी दर्ता आज, १२ गते निर्वाचन

डिसी नेपाल
७ माघ २०७६ ७:५०

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको रिक्त सभामुख पद पूर्तीका लागि आज उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका सार्बजनिक गरेको छ।

आज संसद् भवन बानेश्वरमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ।

आजै अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही माघ १२ गतेका दिन हुने भएको छ।

प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठकमा सभामुखको हैसियतमा रहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखको निर्वाचनबारे जानकारी गराएका हुन् ।

उनले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएका थिए ।

ज्येष्ठ सदस्य ठाकुरले उपसभामुख शिवमाया तुम्बाहाङ्फेले दिएको राजिनामा पढेर बैठकलाई जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १२ गते अपरान्ह तीन बजे बस्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *