परमिताको ‘दि कर्मा’लाई सेन्सर बोर्डको यस्तो निर्देशन

डिसी नेपाल
७ माघ २०७६ १०:४६

काठमाडौं। यही माघ १७ गतेलाई प्रदर्शन मिति घोषणा गरेको एक्सन–लभस्टोरी जनरामा निर्मित चलचित्र ‘दि कर्मा’ले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको छ। आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पिजी सर्टिफिकेट दिएका हुन्।

त्यस्तै, सेन्सर बोर्डले चलचित्रको एक एक्सन सिनमा रगत बगेको दृश्यलाई ‘ब्लर’ गर्न पनि निर्देशन दिएको छ। ‘दि कर्मा’का निर्माता जय राज रायले सेन्सर बोर्डका पदाधिकारीले चलचित्र मन पराएको बताए। चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको बताइएको छ। देव कुमार श्रेष्ठ निर्देशित चलचित्रको ट्रेलर र गीत सार्वजनक भैसकेको छ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रको कथा निर्माता जय राज आफैंले लेखेका हुन्। रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन्। चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन्। ‘दि कर्मा’ को पटकथा तथा संवाद शुशील पोखरेलको हो।

चलचित्रमा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय छ। करण भारतिय कलाकार भएका कारण पनि यो चलचित्रलाई धेरैले चासोपूर्वक हेरेका छन्।

नेपाल रिलिजसँगै अन्य मुलुकहरुमा पनि यो चलचित्र प्रदर्शन हुने निर्माण टिमले बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *