प्रतिनिधिसभामा सभामुखको निर्वाचनको लागि मतदान गर्नु नपर्ने

डिसी नेपाल
७ माघ २०७६ १५:०६

काठमाडौं। प्रतिनिधिसभामा सभामुखको निर्वाचनको लागि मतदान गर्नु नपर्ने भएको छ । उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्म १ जनाको मात्र उम्मेदवारी दर्ता भएकोले मतदान गर्नु नपर्ने भएको हो । सभामुखको लागि नेकपाका सांसद अग्नी सापकोटाले मात्र उम्मेदवारी दर्ता गराएका हुन् ।

आज ११ बजेदेखि २ बजेसम्म सभामुखको लागि उम्मेदवारी दर्ताको समय तोकिएको थियो । आज बिहान ११ बजेर ५० मिनेटमा सापकोटाको उम्मेदवारी दर्ता भएको हो । संघीय संसद सचिवालयले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीमा अग्नी सापकोटाको मात्र उम्मेदवारी दर्ता भएको उल्लेख छ । यससँगै अब बाँकी प्रक्रिया पूरा गर्दै सभामुखमा सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ । सभामुखका लागि मतदान गरिने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *