चार वर्षीया बालिका बलात्कारका आरोपित पक्राउ
सांकेतिक तस्बिर
सप्तरी । इलाका प्रहरी कार्यालय कल्याणपुरले चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
खडक नगरपालिका–५ का २५ वर्षीय रामभगत चौधरीलाई सो आरोपमा बुधबार पक्राउ गरिएको हो।
पीडितका बुवाले उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको जनाएको छ।
आरोपितले ललाइफकाइ आफ्नो घरमा लगेर माघ ३ गते बालिका बलात्कार गरेको पीडितले दिदीलाई बताएपछि घटना सार्वजनिक भएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment