मुगुका सरकारी कार्यालय प्रमुखविहीन

डिसी नेपाल
१० माघ २०७६ १३:३६
4
Shares

मोहनकुमार मल्ल

मुगु। हिमाली जिल्ला मुगुका सरकारी कार्यालय कर्मचारी विहीन भएका छन्।  विभिन्न वहानमा कार्यालय प्रमुख जिल्ला बाहिर गएपछि सरकारी कार्यालय कर्मचारीविहीन भएका हुन्।

जिल्लाको तालुक कार्यालय जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नहुँदा सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन्।
सुरक्षा गोष्ठीमा प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बुधबार जिल्ला बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय प्रमुख विहीन भएको हो।

प्रमुख जिल्ला अधिकारी जिल्लामा नहुँदा नागरिकता, राहदानी, नाबालक परिचयपत्र लगायतका सेवा लिन जिल्ला प्रशासन कार्यलय पुग्ने सेवाग्राही निराश भएर घर फर्किने गरेका छन्।

नागरिताका लागि बुधबार जिल्ला प्रशासन कार्यलय पुगेका एक जना स्थानीयले सरकारी कर्मचारीले नागरिता बनाउन जिल्ला प्रशासन कार्यालय गएको भएपनि प्रमुख जिल्ला अधिकारी नभएको र काम नहुने भनेपछि खाली हात फर्किएको बताए। जिल्ला प्रशासन कार्यलय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली पनि एक महिनादेखि जिल्लाबाहिर छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *