सापकोटा सभामुख भएपछि अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठन गुहार्दै काँग्रेस नेता

डिसी नेपाल
१२ माघ २०७६ २२:०८

काठमाडौं। नेकपाका सांसद पार्टी स्थायी कमिटी सदस्य अग्नि सापकोटा निर्विरोध सभामुखमा निर्वाचित भए पनि त्यसलाई सर्बस्वीकार्य भने भन्न नसकिने भएको छ।

सापकोटा संसदमा सभामुख निर्वाचि हुँदै गर्दा सडकमा भने उनीविरुद्ध नारा लागिरहेका थिए, सर्वोच्चमा उनी विरुद्धको रिटको पेशी तोकिएको थियो।

तर, सापकोटा सभामुखमा निर्वाचित भए, अधिकारकर्मीहरुले भने त्यसलाई सजिलै लिएका छैनन्। यहीमै थपिएका छन्, काँग्रेसका वरिष्ठ नेता डा. रामशरण महत।

उनले ट्वीटरमा लामो पोस्ट गरेर सापकोटा सभामुखमा निर्वाचित हुँदा संक्रमण कालिन न्याय निरुपणमा समस्या हुने भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंगठन गुहारेका छन्। उनले एम्नेस्टी इन्टरनेशनल, ग्लोबल हुम्यानराइट्स वाच र ट्राइल इन्टरनेशनललाई मेन्सन नै गरेर यी संगठनहरुले यो विषयमा दबाब दिनुपर्ने बताएका छन्।

महतको ट्वीटमा जवाफ दिँदै वरिष्ठ पत्रकार कनकमणि दीक्षितले काँग्रेसका वरिष्ठ नेताले यो विषय बुझेको तर, समग्र काँग्रेसले नबुझेको भनेर काँग्रेसको आलोचना गरेका छन्। उनले डा. महतले यो विषयमा काँग्रेसलाई बुझाउनुपर्नेसमेत बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *