विष्णु माझी र प्रेमसागर परियारको आवाजमा दिपकको ‘आशंका’ [भिडियो]
काठमाडौं। ‘आशंका’बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।
रमेश परियारको शब्द, दिपक कार्कीको संगीत रहेको यस गीतमा विष्णु माझी र प्रेमसागर परियारको स्वर सुन्न सकिन्छ।
गीतको भिडियोमा रञ्जिता गुरुङ्ग, दिपक कार्की (पाल्पाली), विश्वास परियारको अभिनय हेर्न सकिन्छ।
भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन्। सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियो सम्पादन शिव पौडेलले गरेका हुन्।
नवकला संगीत प्रा.लि.को युट्युब च्यानलमा यो गीत हेर्न सकिन्छ। गीतमा मायाप्रेममा विछोडिएपछिको भावना व्यक्त गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment