श्रीकृष्ण क्षेत्रीको ‘मौसमले च्यालेन्ज गर्यो’ सार्वजनिक

डिसी नेपाल
१३ माघ २०७६ १६:२३

काठमाडौं। गायक श्रीकृष्ण क्षेत्री नयाँ लोकदोहोरी गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन्। उनले ‘मौसमले च्यालेन्ज गर्यो’बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा श्रीकृष्णको शब्द, संगीत तथा स्वर छ।

होम धितालको निर्देशन रहेको भिडियोमा होम स्वयंमका साथमा गायक श्रीकृष्ण क्षेत्री, मोडल तथा अभिनेत्री ऋचा थापा, झनक कार्की, दिलकुमार रम्तेल, भावना क्षेत्री लगायतले अभिनय गरेका छन्।

गीत रमाईलो तथा सन्देशमूलक छ। गीतको भावअनुसार यसको भिडियो तयार पारिएको छ। तनावबाट मुक्त हुन कुलतमा फस्ने युवायुवतीको कथा गीतमा उतारिएको छ। गीतले समस्याबाट मुक्त हुन कुलतमा लाग्दा झन ठूलो समस्यामा फसिने भाव बोलेको छ।

निरेन श्रेष्ठको कोरियोग्राफी, मरुभूमी नारायणको छायांकन रहेको भिडियो सम्पादनको जिम्मेवारी रोशन धितालले निर्वाह गरेका छन्।

गीत गायक श्रीकृष्ण स्वयंमको युट्युब च्यानलमा हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *