इञ्जिनीयर विकासको मेरुदण्ड हुन् : मुख्यमन्त्री राउत

डिसी नेपाल
१३ माघ २०७६ २१:१८

जनकपुरधाम । प्रदेश नं–२ का मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कर्मचारीको पेशागत हकहित र संरक्षण तथा सम्बद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताताएका छन् । नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रादेशिक केन्द्र प्रदेश नं २ को प्रथम वार्षिकोत्सवको सोमबार उद्घाटन गर्दै उनले इञ्जिनीयर विकासको मेरुदण्ड भएकाले यस प्रदेशको समृद्धिका सहयोग गर्न आह्वान गरे।

सङ्घीयता नरुचाउने शक्ति समाजवादी र राजपामा फुट गरेर सङ्घीयतालाई नै सखाप पार्न खोजेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले हल्लाको पछाडि नलाग्न आग्रह गरे । एक अर्को प्रसङ्गमा मुख्यमन्त्री राउतले गत आर्थिक वर्ष भुक्तानीमा कानूनी समस्या आएकाले कानूनविद्सँग परामर्श गरी नियमावली बनाएर ती समस्या छिट्टै समाधान गर्ने जानकारी गराए ।

नेपाल इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं २ का अध्यक्ष नन्दकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल इञ्जिनीयर्स एशोसिएशनका केन्द्रीय अध्यक्ष डा त्रिरत्न ब्रजाचार्य, इञ्जिनीयर्स एशोसिएशन प्रदेश नं २ का सचिव अजितकुमार यादव र कोषाध्यक्ष रामएकवाल यादवले मुलुकको विकासमा इञ्जिनीयरहरुको मुख्य भूमिका रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *