६ वर्षको प्रेमपछि हवाइजहाजसँग बिहे गर्दै यी युवती, यही मार्चमा हुनेछ विवाह

डिसी नेपाल
१४ माघ २०७६ ११:४४

काठमाडौं। जर्मनीको राजधानी बर्लिनकी ३० वषृकी युवतीले यही मार्चमा बोइङ ७३७–८०० विमानसँग बिहे गर्दैछिन् । बिहे एम्स्टर्डममा हुनेछ । उनले पहिलोपटक बोइङ विमानलाई टेगल एयरपोर्टमा मार्च २०१४ मा देखेकि थिइन् । त्यतिबेलादेखि नै उनले विमानसँग प्रेम गर्न थालेकी थिइन् र बिहेको योजना बनाएकी थिइन् । युवतीको नाम मिशेल कोब्के हो ।

यी युवतीलाई विमानका पखेटा, विंगलेट्स र थ्रस्टर्स मन पर्छन् । कोबकेका अनुसार यो उनको लंग डिस्टेन्स लभ हो । उनी विमानलाई प्रेमपूर्वक सात्स भन्छिन् । जर्मनी भाषामा यो शब्दको अर्थ प्रिय हुन्छ । पेशाले सेल्सगर्ल मिशेल विमानलाई हेन एयरपोर्ट गइरहन्छिन् । गएको सेप्टेम्बरमा उनले विमानको पखेटालाई किस गर्दै केही फोटो पनि खिचाएकी थिइन् । मिशेललाई होबी एयरक्राफ्टका पार्टपुजा जम्मा गर्नु छ । उनी एक दिन बोइङ विमानकी मेकानिक बन्न चाहन्छिन् ।

विमानसँग टाढा भएको महसुस कम होस् भन्ने हेतुले उनले विमानको खेलौना मोडल पनि किनेकी छिन् । उनी यो खेलौना सधैं साथमा राख्छिन् । यही खेलौनासँग सुन्छिन् । मिशेलका अनुसार उनी र विमानबीचको सम्बन्धमा परिवारले पनि आपत्ति जनाएका छैनन् । केही साथीहरु भने उनको विमानसँगको प्रेमलाई एक प्रकारको स्वास्थ्य समस्या भन्छन् । यो समस्यालाई अब्जेक्टोफेलिया भनिन्छ जसमा निर्जीव वस्तुसँग प्रेम हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *