सुरज वैद्यको गैंडासँगैको तस्वीर सार्वजनिक भएपछि बबाल

डिसी नेपाल
१५ माघ २०७६ ९:०५

काठमाडौं। कान्तिपुर दैनिकमा प्रकाशित एक तस्वीर भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्यले ट्वीटरमा पोस्ट गरे। र सँगै गैंंडालाई धाप मार्दा जीवनकै महत्वपूर्ण अनुभव भएको लेखे। र ह्यासट्याग भिजिट नेपाल २०२० गरे।

वैद्यले यो तस्वीर ट्वीटरमा पोस्ट गरेपछि उनी ट्रोल भइरहेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले वैद्यले गैंगासँगै राखेको तस्वीरसले राम्रो सन्देश नगएको टिप्पणी गरेका छन्। जंगली जनावरलाई शहरमा हिँडाउने बानी नपार्नसमेत सुझाएका छन्।

वैद्यलाई गैंडासँगै सयरगर्ने चाँजोपाँचो प्रदेश नम्बर तीनले मिलाएको वैद्येले आफै उल्लेख गरेका छन्। वैद्यले आफूले राम्रो काम गरेको र यसले नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने सन्देश दिन खोजे पनि प्रतिक्रिया भने उल्टो पाए।

उनको तस्वीरमा जवाफ लेद्यलै ट्वीटर प्रयोगकर्ता समीरमणी दीक्षितले यो तस्वीरले गलत सन्देश गएको उल्लेख गरेका छन्। अर्का ट्वीटर प्रयोगकर्ता महेश क्षेत्रीले लेखेका छन्, ‘यसरी भिजिट नेपाल हैन भिजिट यमलोकको प्रोमोसन हुने सम्भावना उच्च रहन्छ। विश्वभर हात्ती सफारीको विरोध भएको छ, हामी चाँही अझ गैँडा नि थपेर प्रवर्धन भन्दैछौं।’

उनको आलोचना गर्नेहरु यतिमात्र होइन।अरुले पनि गरेका छन्। त्यसो त आलोचनामात्र होइन केहीले समर्थन पनि जनाएका छन्। एकजना ट्वीटर प्रयोगकर्ता क्षितिज बरालले लेखेका छन्, ‘जंगल नजिक रिजोर्ट छन्, सफारी क्याम्प खोलाको नजिक बल्गेल्त्री छन् नै सौराहादेखी मेघौलीसम्म। कि ति सबै सार्नु पर्‍यो ? जुन असम्भव निस्चित छ नै (चितबनमा प्राय यि देखिने कतिपय गैंडाहरु सामुदायिक बनमा मान्छेहरु नजिक भएर हुर्किएका हुन् वा हुर्काइएका छन्) अन्यथा नलिदा नै होला।

सामाजिक सञ्जालमा ट्रोल भए पनि वैद्यले भने जवाफ दिएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *