बुवा ९८ हजार करोडका मालिक, छोरा बस्छन् भाडाको घरमा
मस्को। रुसको ११ औं धनी व्यक्ति मिखाइल फ्रिडम्यान ९८ हजार करोड रुपैयाँका मालिक हुन्। तर उनका १९ वर्षका छोरा एलेक्जेंडर फ्रिडम्यान भाडाको घरमा बस्छन्।
उनको उद्देश्य आफ्नो पहिचान आफैं बनाउने रहेको छ। एलेक्जेंडरले मस्कोमा दुई कोठा भएको घर भाडामा लिएका छन्। जसको भाडा पाँच सय डलर रहेको छ। त्यतिमात्रै होइन उनी अफिस जान ट्याक्सी वा मेट्रोको प्रयोग गर्छन्।
एलेक्जेंडरले भने–म जे खान्छु, लगाउँछु र जहाँ सुत्छु ती सबै म आफैंले कमाएको हो। म आफ्नो पहिचान बनाउन चाहन्छु।’
ब्लुमबर्गका अनुसार एलेक्जेंडरले पाँच महिना पहिला ५ कर्मचारीसँग मिलेर करिव पाँच करोड रुपैयाँबाट व्यापार सुरु गरेका थिए। उनको हुक्का उत्पादन सप्लाई गर्ने व्यापार छ।
एलेक्जेंडरले आफ्ना बुवाको सहयोग विना आफ्नो व्यापार अगाडि बढाएका हुन्। सुरु गरेको केही महिनामा नै उनको व्यापारले निकै गति लिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment