हिमपातले विकास निर्माण ठप्प
सुर्खेत । लगातारको हिमपातका कारण हुम्लाकातीन वटा गाउँपालिकाहरु नाम्खा, सिमकोट र खार्पुनाथमा विकास निर्माणका काम दुई महिनादेखि ठप्प भएका छन्। गाउँपालिकामा पूर्वाधार विकासका योजना हिमपातका कारण अघि बढाउन नसकिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताए।
चालु आर्थिक वर्षमा नाम्खा गाउँपालिकामा डेढ दर्जन पूर्वाधारका योजनाहरु रहेको लामाको भनाइ छ । टेण्डर गरेर निर्माण कम्पनी छनौट भइसकेको भएपनि हिमपातका कारण कुनै पनि योजनाको काम अगाडि बढाउन नसकिएको सिमकोट गाउँपालिकाकाउपाध्यक्षबली रावतले बताए। सबैभन्दा धेरै सडक निर्माणका योजनाहरु प्रभावितभएको उनले बताए ।
शिक्षा, स्वास्थ्य, कृषि, प्रधानमन्त्री रोजगार लगायतकाकार्यक्रमकाकामहरु पनि रोकिएको उनको भनाइ छ । त्यसैगरी खार्पुनाथ गाउँपालिकामापनि हिमपातकै कारण कुनै पनि विकासे काम अगाडि बढ्न नसकेका गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बताए।
सडक, खानेपानी, सिँचाई, विद्यालयभवन, घोरेटो बाटो जस्ता योजनाहरु चालु आर्थिक वर्षमा हिमपातकै कारण अघि नबढेको अध्यक्ष रावलको भनाइ छ।
हुम्लामा गत मंसिर १२ गतेबाट यस वर्षको हिमपात सुरु भएको थियो। पटक–पटक गरी आधा दर्जन भन्दा धेरै पटक हुम्लामा हिमपात भइसकेको छ ।
हिमपातकै कारण गाउँपालिकाको मात्रनभइ सिमकोट–हिल्सा सडक आयोजनाका ११ वटा योजनाको कामपनि प्रभावित भएको आयोजना योजना प्रमुख शशांक मिश्रले बताए ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment