चिनियाँ प्रधानमन्त्री र युरोपेली संघका अध्यक्षबीच टेलिफोन वार्ता
बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले युरोपेली संघका अध्यक्ष उर्सुला भोन डर लेयेनसँग टेलिफोन वार्ता गरेका छन् ।
प्रधानमन्त्री लीका अनुसार चीन सरकारले सधैं नै जनताको सुरक्षा तथा स्वास्थ्यलाई प्राथमिता दिँदै खुला तथा प्रभावकारीरूपमा कोरोना भाइरसको प्रतिरोध गरिरहेको विश्वास व्यक्त गरेका छन् ।
चीनका लागि अहिले सबैभन्दा महत्वपूर्ण काम भनेको महामारी संक्रमणको प्रतिरोध गर्दै बिरामीका लागि राम्रो उपचार गर्नु रहेकोे प्रतिक्रियामा प्रधानमन्त्री खछ्याङले बताएको प्रधानमन्त्रीको कार्यालय स्रोतले जनाएको छ ।
उनले भने, “चीन सरकार र चिनियाँहरुले उक्त महामारीलाई पराजित गर्ने विश्वास,अठोट र क्षमता लिएका छन् ।” चीनले सकेसम्म महामारीको प्रतिरोध गरिरहेका चिकित्सकका लागि सबै आवश्यक चिकित्सा सामग्री बन्दोवस्त गरिहरेको छ ।
साथै युरोपेली संघका सदस्य मुलुकबाट चिकित्सा सामग्रीको खरिद गर्न युरोपेली संघले आवश्यक सुविधा प्रदान गर्नसक्ने आशा चीनले गरेको छ । युरोपेली संघले चीनद्वारा यस महामारीको प्रतिरोधका लागि लागू गरिएको कदमको सम्मान गर्दै सक्दो प्रयासमा चीनलाई सहायता प्रदान गर्ने अध्यक्ष उर्सुलाले बताईन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment