आफ्ना श्रीमानसँग अवैध सम्बन्ध राख्ने युवतीको गुप्तांगमा महिलाले खुर्सानीको धुलो भरिदिइन्

डिसी नेपाल
१९ माघ २०७६ ९:५०

काठमाडौं। आफ्ना श्रीमानसँग नाजायज सम्बन्ध राख्ने युवतीसँग महिलाले खतरनाक बदला लिएकी छिन् । भारतको अहमदाबादको वडज पुलिस स्टेशनमा २२ वर्षकी युवतीले आफ्ना पूर्व प्रेमीकी श्रीमतीविरुद्ध उजुरी हालेकी छिन् । पूर्व प्रेमीकी श्रीमतीले अन्य ३ जना महिलासँग मिलेर आफ्नो गुप्तांगमा खुर्सानीको धुलो भरिदिएको उनले आरोप लगाएको आज तकको समाचारमा उल्लेख छ । यो घटना पूरै क्षेत्रमा चर्चाको विषय बनेको छ ।

युवतीले बताएअनुसार उनी अहमदाबादको नारानपुराक्षेत्रमा एक कपडा पसलमा काम गर्थिन् र त्यहाँ गिरिश गोस्वामी नामका व्यक्तिसँग उनको प्रेम थियो । दुई वर्षको प्रेमपछि युवतीले ती व्यक्तिसँग सम्बन्ध तोडिन् । त्यसपछि उनले अर्कै पसलमा काम गर्न लागिन् । २ महिना पहिले गिरिशले उनलाई भेट्न बोलाए । यो कुरा गिरिशकी पत्नी जानू गोस्वामीले थाहा पाइन् ।

यो कुरा थाहा पाएपछि जानु गोस्वामी रिसले आगो भइन् र आफ्ना पतिकी प्रेमिकालाई पाठ पढाउने उद्देश्यले आफ्ना तीन साथीहरुसँग मिलेर युवतीको अपहरण गरिन् । जानू र उनका साथीहरुले उनलाई अपहरण गरेर स्कुटरमा राखेर एउटा सुनसान कोठामा लिएर गए । त्यहाँ उनको कपडा खोलेर गुप्तांगमा खुर्सानीको धुलो भरिदिए ।

युवतीका अनुसार आरोपीहरुले उनी पीडाले आत्तिएर चिच्याएको भिडियो पनि मोवाइलमा रेकर्ड गरेका थिए । उनीहरुले फेरि गिरिशसँग भेटेमा एसिड खन्याइदिने धम्कीसमेत दिएका थिए । जानूले आफ्ना पतिले प्रेमिकाको लागि ठूलो रकम खर्च गरेको भन्दै उनीसँग ५० लाख रुपैयाँ समेत मागेको युवतीले आरोप लगाएकी छिन् । उनी तड्पिरहेको अवस्थामा छाडेर आरोपीहरु गएको उनले आरोप लगाइन् । पुलिसले तीनै जना आरोपीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.