श्रीमती र छोराछोरीलाई हथौडाले हानेर मारेपछि रक्सीले मातेर लाशसँग यसरी बसेका थिए श्रीमान
काठमाडौं। आफ्नै श्रीमती, छोरा र छोरीलाई हथौडाले हारेर हत्या गरेपछि रक्सीले मातेर लाशको छेउमा बसेका एक श्रीमानलाई पुलिसले पक्राउ गरेको छ । भारतको झारखंडको राजधानी राँचीका ब्रजेश तिवारी नामका यी व्यक्ति पुलिसकर्मी भएको आज तकको समाचारमा उल्लेख छ । उनले आफूले पनि विष पिएर आत्महत्याको प्रयास समेत गरेका थिए । हत्याको जानकारी पाएपछि आसपासका मानिस पुलिस घरमा पुग्दा आरोपी श्रीमतीको लाशको छेउमा बसिरहेका थिए । विष पिएका आरोपीलाई रिम्स अस्पतालमा भर्ना गरिएको छ ।
ब्रजेश पुलिसको स्पेशल ब्रान्चमा ड्राइभर थिए । रक्सीले मातेर घरमा आएका ४० वर्षका ब्रजेशको ३५ वर्षकी पत्नी रिंकीसँग विवाद भएको थियो । विवाद यतिसम्म बढ्यो कि उनले हथौडा उठाएर श्रीमतीमाथि प्रहार गरे । पिताले आमालाई कुटेको देखेपछि छोराछोरी बचाउन आए । छोराछोरीले आमालाई बचाउने प्रयास गरे तर ब्रजेशले १५ वर्षकी छोरी खुशबु र १० वर्षका छोरा बादललाई पनि त्यही हथौडाले हानेर मारिदिए ।
हत्यापछि ब्रजेशले आफैं राँचीको पंडरा क्षेत्रमा बस्ने आफ्नी बहिनीलाई फोन गरेर तीनै जनाको हत्या गरेको जानकारी दिए । बताइएअनुसार ब्रजेश आफ्नी छोरी खुशबुको प्रेम सम्बन्धका कारण तनावमा थिए । छोरी उनलाई छोडेर प्रेमीसँग बस्न चाहन्थिन् । यही कुरा ब्रजेशलाई मन परेको थिएन । छोरीले यस्तो गरे आफू समाजमा मुख देखाउन लायक नरहने ब्रजेशले ठान्थे ।







डिसी नेपाल








Facebook Comment