काँग्रेस अध्यक्ष गान्धी अस्पताल भर्ना

डिसी नेपाल
१९ माघ २०७६ २१:२९

नयाँ दिल्ली (एजेन्सी) । भारतीय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी अस्वस्थ भएकी छन्। उनलाई आइतबार दिल्लीस्थित सर गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

उनको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण भने नखुलाइएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। गान्धी शनिबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेश हुँदा पनि संसदमा अनुपस्थित रहेको बताइएको छ।

गान्धी विगत केही वर्षदेखि अस्वस्थ रहँदै आएकी छन्। यसै कारण उनी राजनीतिमा पनि निष्क्रिय बन्दै आएकी छन्। दिल्लीमा विधानसभा निर्वाचनको प्रचारप्रसार जोर जोरमा हुँदा सोनिया भने कतै नदेखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

केही वर्ष अगाडि सोनिया क्यान्सर पीडित भएको बताइएको थियो। त्यतिबेला उनको उपचार अमेरिकामा भएको थियो। कुनैबेला विश्वकै शक्तिशाली महिलाको एक नम्बरमा रहेकी सोनिया स्वास्थ्य समस्याका कारण पार्टी अध्यक्षबाट विदा भएर छोरा राहुल गान्धीलाई अध्यक्ष बनाएकी थिइन्। तर, राहुलले राजीनामा दिएपछि हाल उनी अन्तरिम अध्यक्ष छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.