राष्ट्रपतिले भने – ‘महिलाहरु नराम्रो अनुहारका पुरुषलाई मात्रै यौनशोषणको आरोप लगाउँछन्’

डिसी नेपाल
२० माघ २०७६ ११:१८

काठमाडौं। महिलामाथि हुने यौन हिंसाका विषयमा टिप्पणी गर्ने क्रममा महिलाहरुप्रति नै अपमानजनक टिप्पणी गरेपछि इक्वेडरका राष्ट्रपतिले माफी माग्नुपरेको छ । राष्ट्रपति लेनिन मोरेनोले महिलाहरुप्रति लक्षित गर्दै ‘महिलाहरु यौन शोषणको आरोप त्यतिबेला मात्र लगाउँछन् जब यस्तो काम कुनै नराम्रो देखिने पुरुषले गर्छ’ भनेका थिए । लगत्तै उनी सामाजिक संजालमा कडा रुपमा आलोचित बनेका थिए ।

बीबीसीका अनुसार राष्ट्रपति मोरेनोले इक्वेडरको गुआयाक्विल शहरमा आयोजित आर्थिक सम्मेलनका क्रममा यस्तो विवादित बयान दिएका थिए । उनले भनेका थिए ‘नराम्रो देखिने पुरुषहरुलाई यौन शोषणको आरोप लाग्ने खतरा धेरै हुन्छ जबकि स्मार्ट पुरुषहरुलाई यस्तो आरोप लाग्ने खतरा कम हुन्छ ।’ राष्ट्रपतिले महिलाहरुले नराम्रा पुरुषहरुलाई यौन शोणको आरोप लगाउने तर स्मार्ट र सुन्दर पुरुषहरुसँगको सम्बन्धलाई महिलाहरुले यौन शोषणको रुपमा नलिने टिप्पणी गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *