डिभोर्स गरेर जुन गर्लफ्रेण्डसँग गएका थिए जेफ बेजोस, उनकै भाइले हालिदिए मुद्दा

डिसी नेपाल
२० माघ २०७६ १५:०३

सन फ्रान्सिस्को । अमेजनका संस्थापक सीइओ जेफ बेजोसकी गर्लफ्रेण्ड लरेन सान्चेजका भाइ माइकल सान्चेजले बेजोविरुद्ध मानहानीको मुद्दा हालिदिएका छन् । बेजोसले लरेनसँगका आफ्ना निजी तस्वीरहरु माइकलले लिक गरेको आरोप लगाएका थिए । माइकलले यो आरोप गलत भएको र यसले आफ्नो मानहानी भएको भन्दै मुद्दा हालेका हुन् । माइकलले यो आरोपले आफ्नो बदनामी भएको, आफ्नो घरमा एफबीआइले छापा मारेको र यसले छिमेकीको अगाडि छवि बिग्रिएको दावी गरेका छन् । अमेरिकी म्यागजिन नेशनल इन्क्वायररले गत वर्ष बेजोस र लरेनका तस्वीर प्रकाशित गर्दै उनीहरुको सम्बन्धको खुलासा गरेको थियो ।

माइकलले बेजोस र लरेनको तवीर लिक भएका बेला आफू एक जिम्मेवार भाइ र म्यानेजरको भूमिकामा रहेको दावी गरेका छन् । गत हप्ता अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको रिपोर्टमा इन्क्वायररले माइकललाई २ लाख डलर दिएको दावी गरिएको थियो । रिपोर्टमा सरकारी वकिलसँग लरेनले नै माइकललाई म्यासेज उपलब्ध गराएको प्रमाण रहेको दावी गर्दै माइकलले ती म्यासेज मिडियालाई बेचिदिएको दावी गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.