इराकी प्रदर्शनका क्रममा ४ महिनामा ५३६ जनाको मृत्यु

डिसी नेपाल
२० माघ २०७६ २२:१५

बग्दाद (रासस/सिन्ह्वा) । इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकारविरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ । सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३ हजार ५४५ जना घाइते भएका छन् ।

मृत्यु भएकाहरूमा ५१९ जना सर्वसाधारण र १७ जना सुरक्षाकर्मी रहेका छन् । आयोगका अनुसार घाइते भएकामध्ये २० हजार २६ जना प्रदर्शनकारी र ३ हजार ५१९ जना सुरक्षाकर्मी रहेका छन् ।

आयोगका सदस्य अलि अल–बैयातीले गत वर्ष अक्टोबरदेखि जनवरी ३० को चार महिनाको अवधिमा २ हजार ७१३ जनालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको बताउनुभयो । पक्राउ परेकामध्ये हाल ३२८ जना थुनामा रहेका र बाँकीलाई मुक्त गरिएको सरकारले जनाएको छ ।

सरकारको विरोधमा राजधानी बग्दाद र अरू शहरमा गत वर्ष सन् २०१९ को अक्टोबरदेखि व्यापक प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीहरूले शासनमा व्यापक सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने तथा रोजगारी सिर्जना गर्नुपर्ने माग गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.