प्रतिनिधिसभा बैठक : छाउगोठदेखि कोरोना भाइरसका विषयमा ध्यानाकर्षण
काठमडाौं। प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद निरुदेवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौती दिइन्।
उनले भनिन्, ‘ डलर खेती गर्नेहरुको टाउको दुखाइ गर्नु स्वभाविक हो। किन भने घरहरु देखाएर आयस्रोत बटुल्ने प्रयास थियो। अरुको टाउको दुखाई हुनु पर्नुको कारण मैले बुझ्न सकेकी छैन। त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाइ हुनुुहन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाइ दिनुहुन अनुरोध गर्दछ । सुुदुरपश्चिमेली कर्णालीकाहरुले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
सांसद पालका अनुसार गृहमन्त्रालयले सोमबार सम्म सुदुरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ। केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गरेका थिए।
सांसद डिला संग्रौलाले नेपालका मेडिकल कलेजले लिएको बढी शुल्क फिर्ता गर्ने सहमति भएपनि कार्यान्वयन नहुन नसकेको भन्दै सो को बारे यथार्थ जानकारी सदनलाई गराउन माग गरिन्। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त डाक्टर कृष्ण गिरीको योग्यताको विषयमा प्रश्न उठेको भन्दै सत्य तथ्य छानविन गर्न सरकारको ध्यानाकर्षण गराइन्।
सांसद दिलेन्द्रप्रसाद बडूले कोरना भाइरसको महामारी रोकथामबारे नेपाल सरकारको योजना के छ भनी प्रश्न गरे। उनले चीनमा रहेका नेपालीको संख्या, अवस्था र उद्धारका लागि भइरहको प्रयास र सो रोगको भरपर्दो र सुरक्षित उपचारको व्यवस्था गर्न सक्ने तयारी के छ सो बारे सदनलाई जानकारी गराउन माग गरे।
सांसद दिव्यमणि राजभण्डारीले विश्वभर नै नकारात्मक रुपमा कोरना भाइरसका बारेमा नकारात्मक सन्देश फैलिरहेको भन्दै नेपाल सरकारलाई सच्चाई ढंगले चीनलाई सहयोग गर्न सरकारको ध्यानाकर्षण गराए।
सांसद दुर्गा पौडेलले उखु किसानका लागि उखुको समर्थन मूल्य नै उपलब्ध गराउने र सरकारले दिएको अनुदानको रकम पुरै उनीहरुले पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।
सांसद देवप्रसाद तिमिल्सिनाले उखु किसानले उखु बेच्न नपाउने र बेचेपछि पनि पैसा नपाउने समस्या सदनमा पटक पटक उठाउँदा त्यसको सरकारले सुनुवाई नगरेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए।
सांसद देवेन्द्र पौडेलले एनसेल कर लाभांश विवाद, हायात होटल, ललिता निवास, यति होल्डिङ जस्ता प्रकरणहरु दिनहुँ मिडियामा छाउने गरेको भन्दै यी विषयमा छानविन गरि सर्वसाधरणलाई यथार्थ जानकारी गराउन सरकारकोे ध्यानाकर्षण गराए।
नारायणप्रसाद खतिवडाले भ्रमण वर्ष मनाउदै गर्दा काठमाडौंसँग जोडिएको नुवाकोटसम्म पुग्ने पासाङ ल्हामू राजमार्ग र टोखा छहरे सडककोे अवस्था बिग्रेको भन्दै समयमै सडकसुधार र पुर्ननिर्माणमा ध्यान दिनुको साथै टेण्डर भईसकेपछि निर्माण व्यवसायीले काम नगर्ने समस्याको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए।







डिसी नेपाल







Facebook Comment