पानीजहाजमा कोरोना भाइरस पुष्टि भएपछि जापानमा ३७०० यात्रु जहाजमै थुनिए
काठमाडौं। जापानमा एक यात्रु पानीजहाजमा एक जना यात्रुमा कोरोनाभाइरस संक्रमण देखिएपछि जहाजमा रहेका ३७०० यात्रु र क्रु सदयलाई जहाजमै क्वारेन्टाइनमा राखिएको छ । ती यात्रुमा देखिएको संक्रमण कोरोनाभाइरसकै भएको पुष्टि भएको जापान टाइम्सले लेखेको छ । जहाजबाट हङकङमा उत्रिएका एक जना यात्रुको परीक्षण गर्दा उनमा संक्रमणको पुष्टि भएपछि जहाजमा रहेका अन्यमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंकामा सबै यात्रुको परीक्षण सुरु गरिएको हो ।
जहाजलाई योकोहामा बन्दरगाहमा रोकिएको छ र यात्रुलाई उत्रन दिइएको छैन । सबैलाई जहाजभित्रै क्वारेन्टाइनमा राखेर परीक्षण भइरहेको छ । जापान सरकारका प्रवक्ता योशिहिदे सुगाका अनुसार हङकङमा २५ जनवरीमा उत्रिएका ८० वर्षमा ती यात्रुमा संक्रमण पुष्टि भएपछि जहाजलाई बन्दरगाहमै रोकेर परीक्षण थालिएको हो । डायमण्ड प्रिन्सेज नामको क्रुज जहाज मंगलबार बेलुका मात्र जापान आउने निर्धारित तालिका थियो तर हङकङमा यात्रुमा संक्रमण पुष्टि भएपछि जहाजलाई एक दिन अगावै योकोहामा बोलाइएको हो ।







डिसी नेपाल








Facebook Comment