चिनियाँलाई मकाउ आउ जाउ गर्न निषेध, क्यासिनो बन्द

डिसी नेपाल
२१ माघ २०७६ १७:३१

मकाउ । मकाउ सरकारले मंगलबार १२ बजेदेखि सबै क्यासिनोहरू दुई हप्ताको लागि बन्द गर्ने घोषणा गरेको छ । साथै मकाउ सि. टि. एम.को पनि दुई हप्ताको लागि ग्राहक सेवा बन्द गरेको छ । सबै विद्यालय, सरकारी कार्यालय बन्द गरिएको छ । हङ्कङले चीनसँगको सिमाना बन्द गरेपछि चिनियाँहरुलाई मकाउमा बस्ने आउने जान निषेध गरिएको छ । दुईजना व्यक्तिमा संक्रमण देखिएपछि आजैदेखि लागू गर्ने गरी मकाउ सरकारको यस्तो घोषणा आएको हो ।

कोरोना भाईरसका कारण चीनमा मात्रै ४२५ जना र फिलिपिन्समा एक गरी ४२६ जनाको मृत्‍यु भइसकेको छ । यस रोगको संक्रमण अहिले सम्म २० हजार ६ सय २२ जनामा देखिइसकेको छ । जसका कारणले बिभिन्न देशले आफ्नो सूरक्षाका निम्ति सीमानामा कडाइ गर्नुका साथै सबै किसिमका सुरक्षाका उपायहरु अपनाईरहेका छन्।

चीनसँग सीमाना जोडिएका कारण कोरोना भाईरसको जोखिम नेपाललाई पनि त्यतिकै छ । सानो लापरबाहीले गर्दा भोलि यसको ठुलो असर देशमा पर्न नपरोस् भन्ने चिन्ता मकाउबासी नेपालीको छ।

लाखौ नेपाली कोरोना भाईरसको शिकार हुन नपरोस र विदेशमा रहेका नेपालीले पनि आफ्नो स्वास्थ्यको ख्याल गरी सुरक्षा सतर्कता अपनाउन र अरुलाई पनि सल्लाह सुझाव दिन अनुरोध साथै केही समयको लागि अति आवश्यक सामग्रीको सबै प्रबन्धसमेत व्यवस्था गर्न नेपालीहरुले एकआपसलाई सुझाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *