सिन्धुपाल्चोकमा आयोजित निःशुल्क आँखा शिविरमा एक हजार चार सय लाभान्वित
सिन्धुपाल्चोक। रोटरी क्लब अफ धुलिखेलले सिन्धुपाल्चोक जिल्लाका चारवटा स्थानीय तहमा एकैपटक आयोजना गरेको निःशुल्क बृहत् आँखा शिविरबाट एक हजार चार सय जना लाभान्वित भएका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका–५, मेलम्ची नगरपालिका–११, बाह्रबिसे नगरपालिका–३ र इन्द्रावती गाउँपालिका–५ मा सञ्चालन गरिएको शिविरमा सहभागीको आँखाको परीक्षण गर्नुका साथै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।
शिविरमा परीक्षण गरिएका बिरामीमध्ये एक सय जनाको मोतिबिन्दुको शल्यक्रियासमेत गरिएको रोटरी क्लब अफ धुलिखेलका शिविर संयोजक अशोककुमार श्रेष्ठले जानकारी दिए।
शनिबार आयोजित उक्त शिविरमा रोटरी क्लब अष्ट्रेलिया, आरसिसी सिन्धुपाल्चोकलगायत विभिन्न संस्थाले सहयोग गरेका थिए। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment