रातको २ बजे महिलाको घरको ढोका ढक्ढक्याउँथे, त्यसपछि कण्डम भित्र फाल्थे

डिसी नेपाल
२५ माघ २०७६ १०:१४

काठमाडौं। एक महिलाको घरको ढोका रातको २ बजे ढक्ढक्याउँदै घरभित्र कण्डमका प्याकेट फ्याँकेको विचित्र घटना सार्वजनिक भएको छ । ती व्यक्तिले महिलाको घरभित्र थुप्रै कण्डमका प्याकेट फालेका थिए । आज तकको समाचार अनुसार घटना भारतको बैंगलोरको हो । यहाँको पुत्तैनहाली पुलिस स्टेशन क्षेत्रमा बस्ने एक महिलाले उजुरी दर्ता गराएकी छिन् ।

महिलाले उजुरीमा लेखेअनुसार ती व्यक्तिले रातको २ बजे उनको ढोका जोडले ढक्ढक्याएका थिए । ढोका नखुलेपछि ती व्यक्तिले कसैगरी एउटा झ्याल खोले त्यसपछि बत्ती बालिदिए । उनले कैयौं पटक बत्ती बाल्ने र निभाउने गरे । उनको यस्तो हर्कतले महिला त्रसित भइन् । महिलाले ढोका नखोलेपछि ती व्यक्तिले झ्यालबाट भित्र कण्डम फालेर गए । महिलाले तत्कालै १०० नम्बर डायल गरेर पुलिसलाई जानकारी दिइन् तर पुलिस पुग्दासम्म ती व्यक्ति भागिसकेका थिए । महिलाले बिहान उठेर हेर्दा भुइँमा कण्डमका थुप्रै प्याकेट थिए । पुलिसले आरोपीको खोजी गरिरहेको छ । सिसिटिभी फुटेजको जाँच गरेर पुलिस आरोपीको पहिचान गर्ने प्रयासमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *