हिमालयन शेर्पाको महत्वपूर्ण जित
काठमाडौं। ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा शेर्पाले च्यासलाई ३—२ ले पराजित ग¥यो। शेर्पका लागि खेलको २८ औं र ५० औं मिनेटमा गरी विजय गुरुङले २ गोल गरे। यस्तै खेलको ३३ औ मिनेटमा त्रिदेव गुरुङले १ गोल गरेका थिए।
च्यासलका लािग हायातु वाकिनोले दुई गोल गरे पनि हार टार्न सकेनन्। यो जितसँगै शेर्पाले ११ खेलबाट १० अंक जोडेको छ। च्यासलको १२ अंक रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment