नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सम्पन्न

डिसी नेपाल
२८ माघ २०७६ ७:३८

काठमाडौं। धर्मगुरु १३ औँ अवतारी छोग्याल रिन्पोछेले सन् २०१७ मा स्थापना गरेको नेपाल बौद्ध संघको तेस्रो वार्षिकोत्सव सोमबार काठमाडौँमा मनाइएको छ।

चारुमती बुद्ध विहारका प्रमुख भिक्षु तपस्वी धम्मको प्रमुख आतिथ्यता र संघका संस्थापक अध्यक्ष छोग्याल रिन्पोछेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बौद्ध भिक्षु, आनीसहित बिआइए फाउण्डेसनमा आश्रय लिइरहेका सयभन्दा बढी शारिरिक अशक्त सहभागी थिए।

सानैदेखि विभिन्न परोपकारी काम गर्दै आएका छोग्याल रिन्पोछेले २०१७ सालको भूकम्प पछि क्षति पुगेका गुम्बाहरुको पुर्ननिर्माणका लागि संघको स्थापना गरेका हुन्। स्थापनाकालदेखि नै संघले विभिन्न परोपकारी कार्यसहित बौद्ध धर्मको संरक्षण र प्रवद्र्धनमा विशेष योगदान दिँदै आइरहेको छ।

तेस्राे वार्षिकोत्सव कार्यक्रममा संघका कार्यकारी निर्देशक सर्विन्द्र ठाकुरले संघ स्थापना गर्नुको औचित्य र संघले हालसम्म गरेका कामहरुको जानकारी दिएका थिए। संघले सिन्धुपाल्चोक, मकवानपुर र ललितपुरमा भूकम्पले क्षति पुगेका ७ वटा गुम्बा निर्माण गरेको छ।

संघले गुम्बा निर्माण बाहेक विश्व शान्ति बुद्ध पूजा, ग्रामिण क्षेत्रका नाक्पा लामाहरुलाई बौद्ध शिक्षाको ज्ञान तथा आर्थिक सहयोग समेत गर्ने गरेको कार्यकारी निर्देशक ठाकुरले बताए। संघका संस्थापक तथा अध्यक्ष छोग्याल रिन्पोछेले संघले बौद्ध धर्म र ज्ञानको क्षेत्रमा अझै व्यापकरुपले लाग्ने बताए। चौथो वार्षिकोत्सव बौद्ध धर्मसँग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधिबीच छलफल तथा अन्तरक्रिया गरेर मनाउने समेत उनको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *