वेभ सिरिजका कलाकार र ‘कार्टुन्ज क्रु’ को संयुक्त म्युजिक भिडियो सार्बजनिक

डिसी नेपाल
२८ माघ २०७६ २१:५८

काठमाडौँ । शुभ मिडिया होमले प्रस्तुत गरेको भिडियोमा म राजकुमार भन्दै सरोज, कुशल, जिवेश र सहिन (भिडियो) म राजकुमार बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

भिडियोमा वेभ सिरिजका लोकप्रिय कलाकार र कार्टुन्ज क्रु को संयुक्त रुपमा प्रस्तुत भएका छन्।

जिवेश गुरुङ, सहिन प्रजापति र कुशल विष्टसँगै कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै देखिएको यो पहिलो भिडियो हो।

राष्ट्रिय निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको शब्द, महेन्द्र तिमिल्सीनाको स्वर, दिपक शर्माको संगीत रहेको गीतको भिडियोमा राजकुमार बन्ने होडलाई देखाईएको छ।

उदयराज पौडेलले एरेन्ज गरेको गीतलाई श्यामस्वेत रसाईलीले मिक्सीङ गरेका हुन् । बालकृष्ण ओलीको संयोजनमा तयार भएको भिडियो सहिन प्रजापतिले निर्देशन गरेका छन्।

अमन मानन्धरको सम्पादन रहेको भिडियोलाई नवराज उप्रेतिको छायाँकन र रेनीश फागोको रंग संयोजन छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *