पुरुषोत्तमको ‘वीरगति’ सार्वजनिक [भिडियो]
काठमाडौं। ‘वीरगति’ बोलको लोकदोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ। असफल प्रेम कहानीमा तयार पारिएको गीतको अडियो र भिडियो मर्मस्पर्शी लाग्छ।
गीतमा पुरुषोत्तम गैरे र धनमाया दिशवा मगरको स्वर सुन्न सकिन्छ। विमल पौडेलले गीतको शब्द लेखेका हुन्। गीतमा गायक गैरेको संगीत तथा कृष्ण भान्जाको संगीत संयोजन छ।
विष्णु भट्टराईको निर्देशन रहेको भिडियोमा सन्तोष शर्मा, सोफिया बोहरा, शिव खनाल, सगुन शर्मा लगायतको अभिनय हेर्न सकिन्छ।
पाल्पा, कपिलवस्तु र रुपन्देहीका विभिन्न स्थानमा निर्देशक भट्टराईले नै भिडियोको छायांकन गरेका हुन्। दर्शकलाई केही नयाँ स्वाद दिउ भन्ने उद्धेश्यले फरक शैलीमा भिडियो तयार गरिएको निर्देशक भट्टराई बताउँछन्। भिडियो शुभतारा म्युजिक प्रा.लीको युट्युब च्यानलमा हेर्न सकिन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment