माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

डिसी नेपाल
२९ माघ २०७६ १६:२४

काठमाडौं। पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट परेको छ। बुधबार अधिवक्ता वालकृष्ण न्यौपानेले रिट दायर गरेका हुन्।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रधानमन्त्रीबाहेक अन्य १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

तर, नेकपा नेता तथा पूर्व प्रधानमन्त्री नेपाल र समाजवादी पार्टीका नेता बाबुराम भट्टराईविरुद्ध मुद्दा दायर नभएपछि सर्वोच्चमा रिट परेको हो।

अख्तियारले नीतिगत निर्णय भन्दै दुई पूर्व प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। तर, मन्त्रिपरिषद्को निर्णयमा मन्त्रीहरु फस्ने प्रधानमन्त्री उम्किने भन्दै अख्तियारको मुद्दा दायर नै विवादित बनेको छ।


No ads found for this position

प्रतिक्रिया

One thought on “माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

  1. ऐसै हामी बाहुन खराब ,उसै हामी खराब भइयो। भन्नि कुरो त भन्नै परेयो > एउटा बाहिरा बाट नेपाल पसेको तुच्छो थारू ले , 13 , 13 पटक सम्म मंत्री भनेपछि , यो सानो खेल हो , यो चांस नपाएको भयो ??? नेपाल पसेको हो , टाउको काटेर फाल्देयाओ। जे हुन्छ , हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *