पुराना पार्टीलाई खराब भन्ने नयाँ दल अपरिपक्व : नेता सिंह

डिसी नेपाल
२ फागुन २०७६ ९:४५

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनको नाममा पुराना पार्टीले केह गरेनन् भन्ने आरोप लगाउने दलसँग कुनै लगानी, राजनीतिक परिपक्वता नभएको टिप्पणी गरेका छन्।

उनले पुराना र जनताबाट अनुमोदित राजनीतिक दलले मात्रै जनअपेक्षा अनुसार काम गर्न सक्ने उल्लेख गरे। शुक्रबार राजधानीमा ब्रम्हाकुमारी राजयोग केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सत्तामा पुगेपछि मात्र कुन दल कस्ता हुन् भन्ने पहिचना हुने उल्लेख गर्दै नारा लगाउनु र काम गरेर देखाउनु फरक विषय भएको बताए।

वर्तमान सत्तारुढ दलले विगतमा निकै लोकप्रिय नारा दिएको तर अहिले सत्तामा पुगेपछि नेकपाले गरेको काम जनताले भोगिरहेको बताए। उनले सबै राजनीति दललाई एउटै टोकरीमा राखेर दाँज्न नमिल्ने भन्दै नेता सिंहले हरेक क्षेत्रमा असल र खराब मानिस हुने भएकाले खराब व्यक्तिले गरेका कामको आधारमा सबै राजनीतिकर्मीलाई खराब भनेर आलोना गर्न नहुनेमा जोड दिए।

‘अहिले केही मानिसले खराब काम गर्यो भन्दैमा सबै राजनीतिज्ञलाई खराब भनेर आलोचना गर्ने क्रम बढेको छ, सहीलाई सही र गलतलाई गलत भन्ने परिपाटीको विकास गर्नुपर्छ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *