सरकारका दुई वर्ष उपलब्धिविहीन भयो : उपसभापति निधि

डिसी नेपाल
२ फागुन २०७६ २१:२१

पर्वत । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका दुई वर्षको अवधि ठोस उपलब्धि बिना नै सकिएको टिप्पणी गरे । पर्वतको सदरमुकाम कुश्माबारमा शुक्रबार अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले सरकारले जनअपेक्षा पूरा नगरेको आरोप लगाए ।

अहिलेको सरकारका मन्त्रीहरू अघिल्लो काँग्रेस नेतृत्वको सरकारले शुरु गरेका विकास निर्माणका योजनाको उद्घाटन गर्न मात्र हिँडेको दाबी गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका निधिले जनताले ठूलो अपेक्षा लिएर दुई तिहाइ मत दिए पनि वर्तमान सरकारले घोषणापत्रमा उल्लेख गरेका काम गरेर देखाउन तत्पर नरहेको आरोप लगाए ।

सरकारले नयाँ नयाँ मुद्दा सिर्जना गर्ने र चर्चामा रहेको मुद्दालाई ओझेलमा पार्ने षडयन्त्र गरिरहेको पनि उनले आरोप लगाए । उनले पार्टी महाधिवेशनको तयारीमा लागेको भन्दै पार्टी्भित्र विभाग र सङ्गठनले पूर्णता पाइसकेकाले अब पार्टीले गति लिने विश्वास पनि व्यक्त गरे ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले देशमा आर्थिक सूचक कमजोर देखिएको, परराष्ट्र नीति असन्तुलित भएको, भ्रष्टाचार बढेको, बलात्कार, हत्याहिंसा गर्ने अपराधीलाई संरक्षण गरिएको आरोप लगाए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *