ला लिगामा एथ्लेटिको र भलेन्सियाको बराबरी

डिसी नेपाल
३ फागुन २०७६ १०:२९

काठमाडौँ । स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिड भलेन्सियासँग २-२ गोलको बराबरीमा रोकिएको छ ।

एटलेटिकोका लागि मार्कस लियोरेन्टे र थोमस पार्टेले एक एक गोल गरेका थिए भने भलेन्सियाका लागि गाब्रियल पाउलिस्टा र जियोफ्रे कन्डोगबियाले एक एक गोल गरेका थिए ।

एटलेटिकोको यस सिजनमा लगातार खराब प्रदर्शन जारी राखेको छ । पछिल्ला ५ खेलमा चौथो खेलमा एटलेटिकोले अंक गुमाएको छ ।

यो बराबरीसँगै एटलेटिको चौथो स्थानमा रहेको छ । एटलेटिको २४ खेलमा ४० अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै भलेन्सियाको भने २४ खेलमा ३८ अंकसहित छैठौ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *