चीनका नौ अस्थायी अस्पतालमा कोरोना भाइरस विरुद्धको सेवा सुरु

डिसी नेपाल
३ फागुन २०७६ १३:०५

एजेन्सी । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा नौ ओटा अस्थायी अस्पताल सञ्चालन हुन थालेका छन्।

कोरोना भाइरसको सङ्क्रमण अत्यधिक धेरै रहेको यस क्षेत्रमा सुरु गरिएका ती अस्पतालहरुमा ६ हजार ९६० शैया रहेका छन्।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अधिकारीहरुले दिएको जानकारीअनुसार ती अस्पतालहरुमा कोरोना भाइरसबाट सङ्क्रमित ५ हजार ६०६ जनाको उपचार भइरहेको छ।

उहानमा आयोजित पत्रकार सम्मेलनमा एनएचसीका उपप्रमुख वाङ हेशेङले नयाँ अस्थायी अस्पतालहरु सुरु भएको जानकारी दिएका हुन् ।

अस्थायी अस्थालमा सेवा सुरु भएर सेवा पाउन थालेपछि कोरोना भाइरस सङ्क्रमितहरुले राहत महसुस गरेका छन्।

रोगको प्रकोप न्युनिकरण तथा व्यवस्थापन गर्न यी अस्पतालहरुबाट उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बिरामीहरुले राम्रो उपचार सेवा पाईरहेको बताएका छन् भने कतिपय विरामीहरु उपचारपछि घर फर्किएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *