विश्वकप छनोटः अष्ट्रेलियासँगको खेलका लागि प्रारम्भिक टोली घोषणा, रोहित, विमल र किरण बाहिर

डिसी नेपाल
३ फागुन २०७६ १८:२८

काठमाडौं । फिफा विश्वकप छनोट तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियासँगको खेलका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार ३१ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । नेपालले मार्च ३१ मा अष्ट्रेलियासँग घरेलु खेल खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ । दर्शन गुरुङ पहिलो पटक टिमको प्रारम्भिक टोलीमा परेका छन् । दर्शन शनिबार सकिएको ए डिभिजन लिगका युवा खेलाडी घोषित भएका थिए ।

नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ, फरवार्ड विमल घर्ति मगर र रोहित चन्द प्रारम्भिक टोलीमै परेका छैनन् । यस्तै नियमित रहदै आएका दिनेश राजवंशी, अभिषेक रिजाल र सन्तोष तामाङ पनि प्रारम्भिक टोलीमा परेका छैनन् ।

प्रारम्भिक टोलीः

विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने, रजिन धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी,छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देबेन्द्र तामाङ, दिलेन लिक्तान, विशाल राई बी, सेसेहाङ आङ्देम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ,पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रबि पासवान, सुनिल बल, अन्जन बिष्ट, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा, विमल राना


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *