चीनबाट उद्धार गरिने नेपालीहरुले वुहान विमानस्थलमा बोर्डिङ पास लिए (भिडियो)
काठमाडौं। कोरोना भाइरसको महामारी फैलिएपछि उत्तरी छिमेकी मुलक चीनबाट नेपालीहरुलाई शनिबार उद्धार गर्न वायु सेवा निगमको विमान चीनको वुहान पुगेको छ।
हुवेई प्रान्तमा रहेका १८० जना नेपालीलाई शनिबारै वायु सेवा निगमको वाइड बडी विमानले काठमाडौं ल्याउने छ।

यसरी उद्धार गर्न लागिएका नेपालीहरुले सामाजिक सञ्जालमा केही तस्वीर, भिडियो शेयर गरेका छन्।

सौरभ लुँइटेल नामका एक व्यक्तिले विमानस्थलमा बोर्डिङ पास लिन लागिएको भन्दै भिडियो पोस्ट गरेका छन्। उनले स्थानीय सयमअनुसार ८ बजेबाट लगेज हेल्थ जाँच हुँदै गरेकोसमेत बताएका छन्।
अर्का डा.जीतसिंह भण्डारीले पनि केही तस्वीर शेयर गरेका छन्।

बोर्डिङ पास लिदैं हामिहरु ! स्थानिय समय ८ बजेबाट लगेज र हेल्थ चेक हुँदै !! pic.twitter.com/5QJkGMSJJC
— सौरभ लुइटेल (काफुचो) (@Luitel_saurav) February 15, 2020
No ads found for this position

डिसी नेपाल
Facebook Comment