सकारत्मक परिवर्तनका लागि खेल

डिसी नेपाल
३ फागुन २०७६ १९:२२

काठमाडौं। सकारत्मक परिवर्तनका लागि खेल भन्ने मुल नाराका साथ ग्लोबल अक्सन नेपालको आयोजनामा तेश्रो अन्तर बिद्यालय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

बिद्यालयमा सिकाई वातवरण निर्माण तथा लिङ्गका आधारमा हुने भेदभाव न्युनीकरणका लागि सञ्चालित खेलौं खेलौं कार्यक्रम अन्तर्गत ललितपुर महनगरपालिका तथा गोदावरी नगरपालिका भित्रका १२ वता बिद्यलयबाट १७५ जना विद्यार्थीहरुको सो प्रतियोगितामा सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्यलाई ध्यानमा राख्दै प्रत्येक समूहमा बालक तथा बालिकाहरुलाई राखी मिक्स समूह बानाइ खेल खेलाइएको थियो।

पाँचदिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा भलिबल बिधामा युवा प्रतिभा विद्या मन्दिर प्रथम स्थान हसिल गर्न सफल भएको थियो। त्यस्तै गरी दोश्रो स्थानमा जन उदय विद्या मन्दिर रह्यो। अदर्श सौल मावबी तेश्रो स्थानमा रह्यो।

यस्तै गरी मिक्स डबल्स अन्तर्गत त्रीरत्न सहकारी विद्यलय प्रथम्, आदर्श सौल मावी दोश्रो तथा युवा प्रतिभा विद्या मन्दिर तेश्रो भए।

बिजेता तथा सहभाग विद्यालयलाई बागमती प्रदेशका सदस्य जीवन खड्का तथा प्लय फर चेन्जका निर्देशक वलेरिअ इग्निसले पुरस्कार तथा प्रमान पत्र प्रदान गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *