यू–१९ दुई दिवसीय क्रिकेटको तयारी पुरा

डिसी नेपाल
४ फागुन २०७६ १६:५२

काठमाडौं । हिमालय स्पोर्टस् म्यानेजमेन्ट प्रालिको आयोजनामा फाल्गुन ११ देखी १९ गते सम्म मुलपानी क्रिकेट मैदानमा नेपालमै पहिलो पटक १९ वर्ष मुनिको दुई दिवसीय क्रिकेट आयोजना हने भएको छ । प्रतियोगिताको तयारी पुरा भएको आयोजक हिमालय स्पोर्टस् म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गरेर जनाएको छ। नेपाली क्रिकेट विकासको लागी अति आवश्यक रहेको लामो अवधिको प्रतियोगिताहरुको अभावलाई मध्यनजर गर्दै दुई दिवसीय उमेर समूहको लिग सञ्चालन गर्न लागिएको प्रालिका अध्यक्ष सुदिप शर्माले बताएका हुन् ।

युवा खेलाडिहरुलाई लामो ढाचाँको क्रिकेटसँग अभ्यस्त गराई माथिल्लो तहको क्रिकेटमा पुग्न सहयोग पुर्‍याउने उदेश्यका साथ हुन गैरहेको यस प्रतियोगितामा काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टर, वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडमी, हिमालय क्रिकेट एकेडमी, ओसिस क्रिकेट एकेडमी, बालुवाटार क्रिकेट एकेडमी र नेक्सस क्रिकेट एकेडमीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलिले रु एक लाख पचास हजार ट्रफि तथा मेडल र उपविजेताले रु पचहत्तर हजार ट्रफि तथा मेडल प्राप्त गर्नेछन । प्रतियोगिताको उत्कृष्ट खेलाडि, उत्कृष्ट व्याटसम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडिको विधामा पनी पुरस्कृत गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा अर्किड इन्टरनेशनल कलेज रहेको छ ।

कुल १४ दिन सम्म चल्ने यस प्रतियोगितामा नेपाल क्रिकेट सँघको प्राबिधिक सहयोग रहने छ । रातो बल र सेतो पोसाकमा खेलाडिहरु सहभागि हने प्रतियोगीताले लामो समय देखि अभाव रहेको लामो ढाँचाको क्रिकेट विकासमा सहयोग पर्‍याउने बिश्वास ब्यक्त गरिएको छ । सहभागी टिमहरुलाई दुई समुहमा बिभाजन गरि लिग खेल संचालन गरिनेछ । समुह विजेता टिमहरु बिचमा फाईनल खेल हुनेछ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *