ठमेल : सफा, सुन्दर र मनमोहक तर सुनसान

धनकुमार कार्की
४ फागुन २०७६ १७:२२

काठमाडौं । काठमाडौंको मुटुमा अवस्थित ठमेल पर्यटकहरुको मुख्य गन्तव्यका रुपमा परिचित छ । पर्यटकको घुइँचो हुने ठमेल यतिबेला निकै सफा सुन्दर मनमोहक देखिन्छ । तर, सुनसान छ ।

सरकारले नेपाल भ्रमण बर्ष २०२० लाई मध्यनजर गर्दै ठमेललाई सिँगारेर झकिझकाउ बनाइए पनि सुनसान हुन थालेपछि ठमेलका होटल ब्यवसायी र पर्यटन ब्यवसायी चिन्तित बनेका छन ।

पहिले अब्यवस्थित यातायातका साधन र बिजुलीका पोलमा रहेका तारहरु व्यवस्थित नगर्दा ठमेल कुरुप देखिन्थ्यो । तर, अहिले ठमेलको रुप फेरिएको छ ।

ठमेललाई काठमान्डौ महानगरपालिका, महानगरिय टा्रफिक प्रहरी महाशाखा र ठमेल विकास परिषदको संयुक्त निर्णयमा २०७४ कात्र्तिक ५ गत्तेदेखी सवारीसाधन निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

त्रिदेवीमार्ग हुँदै ठमेल छिर्ने सवारीसाधनहरु नरसिंह चोकसम्म जान सक्छन, त्यसपछि दाँया वा बाँया जानुपर्छ । निषेधित क्षेत्रभित्र घर भएका घरधनिका सवारी, एम्बुलेन्स, ढल, खानेपानी, सुरक्षा र अत्यावस्यक सवारी साधनलाई भने पासको ब्यवस्था गरी सन्चालनको अनुमती दिइएको छ । रिक्सा र साइकल भने छिर्न पाउँछन ।

त्यस्तै, भ्रमण वर्ष सुरु हुनुभन्दा केहीदिन अगाडी काठमाडौं महानगरपालिका, नेपाल टेलिकम र नेपाल बिद्युत प्राबिधीकरणले महानगरिय प्रहरीको सहयोगमा बिजुलीका असरल्ल तारहरु काटेर भूमिगत गर्ने र कुरुप बनाउने बोर्डहरु हटाउने निर्णय गरेसँगै ठमेलको रुप फेरिएको हो । स्वच्छ वातावरणमा पर्यटकहरु स्वतन्त्र रुपमा हिडिरहेका हुन्छन ।

तर, ठमेलमा भ्रमण वर्षको तयारीअनुरुपको पर्यटकहरु छैनन् । चीनमा फैलिएको कोरोना भाइरसको प्रकोपले गर्दा अन्य देशका पर्यटकहरु डरको कारण नेपाल भ्रमणमा नआएको हुन सक्ने स्थानीय व्यापारी बताउनछन् ।

नेपाल भ्रमण वर्षको पहिलो डेढ महिना बितिसक्दा सोचेअनुरुप पर्यटक नभित्रियका कारण पर्यटकको सङ्ख्या बढ्न नसकेकोे बताउँछन् ठमेलका पर्यटन ब्यवसायी दिपक गिरी ।

भ्रमण बर्षका लागी भनेर बिशेष तयारी गरेपनि पर्यटकको सङख्या नबढेपछि ठमेलका पर्यटन ब्यवसायीहरु निरुत्साहित भएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *