सनको दुई गोलमा टोटेनहमको संघर्षपूर्ण जित

डिसी नेपाल
४ फागुन २०७६ २२:२७

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटनहमले संघर्षपूर्ण जित निकालेको छ । आइतबार भएको खेलमा टोटनहमले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौं मिनेटमा टोबी अल्डरविरेल्डको आत्मघाती गोलबाट एस्टन भिल्लाले अग्रता बनाएको थियो । तर, खेलको २७ औं मिनेटमा अल्डरविरेल्डले नै गोल गर्दै टोटनहमलाई १–१ गोलको बराबरीमा ल्याए ।

४५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटनहमलाई २–१ को अग्रता दिलाए । खेलको ५३ औं मिनेटमा ब्जोर्न एन्जल्सले गोल गर्दै घरेलु टोलीलाई २–२ को बराबरीमा फर्काए । तर, खेलको इन्जुरी समयमा सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनहमलाई ३–२ को जित दिलाए ।

जितसँगै टोटनहमले २६ खेलबाट ४० अंक जोडेको छ । टोटनहम लिगको पाँचौं स्थानमा रहेको छ । एस्टन २५ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *