युभेन्ट्स शीर्ष स्थानमा

डिसी नेपाल
४ फागुन २०७६ २२:५७

एजेन्सी । साविक विजेता युभेन्ट्स इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित ब्रेसियालाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स शीर्ष स्थानमा उक्लिएको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा फ्लोरिन आएले रातो कार्ड पाएपछि ब्रेसिया १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा युभेन्ट्सले उठायो । खेलको ३९ औं मिनेटमा पाउल डिबलाले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रत दिलाए । त्यसपछि खेलको ७५ औं मिनेटमा जुवान काउड्राडोले गोल गर्दै युभेन्ट्सलाई २–० को जित दिलाए ।

जितसँगै युभेन्ट्सले २४ खेलबाट ५७ अंक जोडेको छ । र, युभेन्ट्सले एक खेल कम खेलेको इन्टर मिलानलाई ३ अंकले पछि पारेको छ । ब्रेसिया १६ अंक जोडेर रेलिगेशन क्षेत्रमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *