समय नआइ केही हुँदैन, पाँच दिन जंगलमा हराइन् चिनियाँ युवती, अनि फेरि…

डिसी नेपाल
७ फागुन २०७६ ८:०१

काठमाडौं। अष्ट्रेलियाको जंगलमा विगत पाँच दिनदेखि बेपत्ता भएकी चिनियाँ छात्रा सोमबार सकुशल फेला परेकी छन्। प्रहरी, गोताखोर र स्थानीयको सहयोगमा चिनियाँ छात्रालाई गोल्ड कस्ट लाइन नजिकै जर्ज वाटरफल निकाराबाट सोबार विहान ११ बजे उद्धार गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उनको अवस्था सामान्य रहेको छ।

चीनको २६ वर्षीया याङ चेन अष्ट्रेलियामा अध्ययनरत छिन्। उनी आफ्ना साथी मिच ग्रेसँग क्वीन्सल्याण्डको जंगलमा घुम्न गएकी थिइन्। जंगलमा ठूलो ठूलो चट्टानबीचबाट निस्किदाँ उनीहरु एकआपसमा छुट्टिन पुगेका थिए। आफ्नो साथी जंगलमा हराएको कुरा उनकी साथीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले सर्च अपरेशनको फोटो शेयर गरेका थिए। चेनले जंगलमा सुरक्षित बस्नका लागि एउटा गुफामा रात बिताएकी थिइन्। उनले दुई लिटर दुधलाई पानीमा मिसाएर पिइएर उनी जिवित रहन सफल भइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *