चिरञ्जीवीको मेलिनासँग गायन, जेबिकासँग अभिनय [भिडियो]

डिसी नेपाल
८ फागुन २०७६ १७:४५
4
Shares

काठमाडौं। ‘बिस्तारै बिस्तारै तिमी मेरी’बोलको गीत सार्वजनिक गरिएको छ।

बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच मेलिना राई र चिरञ्जीवी भण्डारीको आवाजमा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो। प्रतिमा गुरुङको शब्द रहेको गीतमा चिरञ्जीवीकै संगीत छ। सञ्जिव बराईलीको एरेञ्ज रहेको गीतले प्रेमभाव बोल्छ।

सुव्रतराज आचार्यको निर्देशनमा बनेको गीतको भिडियोमा गायक चिरञ्जीवी स्वयंमको अभिनय हेर्न सकिन्छ। उनको अपोजिटमा अभिनेत्री जेबिका कार्कीले अभिनय गरेकी छिन्।

उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन्। भिडियो चिरञ्जीवीकै युट्युब च्यानलमा हेर्न सकिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *