यी व्यक्तिलाई गर्लफ्रेण्ड खोजिदिनुहोस्, साढे २८ लाख पुरस्कार जित्नुहोस्

डिसी नेपाल
९ फागुन २०७६ १४:२४

काठमाडौं। अमेरिकाका एक व्यवसायी जेफ गेबहार्टले आफ्नो लागि गर्लफ्रेण्ड खोज्न एक डेटिङ वेबसाइट सुरु गरेका छन् । यो साइटको माध्यमबाट जले जेफको लागि गर्लफ्रेण्ड खोजेर दिन्छ ती व्यक्तिले २५ हजार डलर (२८ लाख ६३ हजार नेपाली रुपैयाँ) पुरस्कार पाउनेछन् । ४७ वर्षका जेफलाई यती केटी चाहिएको छ जसले उनका राम्रा र नराम्रा सबै गुणहरु स्वीकारेर उनलाई माया गरुन् ।

जेफ परम्परागत डेटिङ र अनलाइन डेटिङ दुवैबाट थाकिसकेका छन् । त्यसैले उनले यो नयाँ तरिका निकालेका हुन् । गत हप्ता मात्र उनले डेट जेफ जी नामको वेबसाइट सुरु गरेका हुन् । यो अभियान कहिलेसम्म चल्नेछ भन्ने जानकारी खुलाइएको छैन । जेफको गर्लफ्रेण्ड बन्न चाहने युवतीले एक अनलाइन सर्वेक्षण पूरा गर्नुपर्नेछ जो मनोवैज्ञानिकले तयार पारेका हुन् । यो सर्वेक्षण हेरेपछि जेफले आफ्नो लागि सही युवती रोज्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *