चीनमा घट्दै, जापान-कोरियामा बढ्दै कोरोना भाइरसको संक्रमण
काठमाडौँ । चीनमा लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण घट्न थालेको छ ।
पाँच दिनदेखि संक्रमितको संख्या घट्न थालेसँगै ज्यान गुमाउनेको संख्या पनि घट्न थालेको चिनियाँ स्वास्थ्य विभागले जनाएको छ ।
बुधबार बिहानसम्म चीनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय १५ पुगेको छ । मंगलबार चीनमा ५२ जनाको ज्यान गएको छ। यसअघि चीनमा दैनिक सरदर एक सय भन्दा बढीको ज्यान जाने गरेको थियो ।
मंगलबार ४ सय ६ जना नयाँ कोरोना संक्रमित फेला परेसँगै चीनमा हालसम्म कोरोना संक्रमितको संख्या ७८ हजार ६४ पुगेको छ।
केही दिनदेखि चीनमा कोरोनाको संक्रमण घट्दै गएपनि चीन बाहिर भने संक्रमण बढीरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । बुधबार बिहानसम्म चीन बाहिर मात्रै करिब २५ जनाको ज्यान गएको छ।
चीन बाहिर जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ। बुधबार बिहानसम्म चीन बाहिर दक्षिण कोरियामा ८, इरानमा ५, इटलीमा ५, जापानमा ५, हङकङ्मा १ र फिलिपिन्समा १ जनाको ज्यान गएको छ।
चीनबाट फैलिएर कोरोना संक्रमणबाट दक्षिण कोरियामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन् । सोमबारसम्म कोरियामा १ हजार एक सय ४६ जना संक्रमित भएको पुष्टी भएको छ ।
यस्तै जापानमा पनि संक्रमितको संख्या निकै बढेको छ । जापानमा मंगलबार बिहानसम्म ८ सय ५० नाघेको स्वास्थ्य विभागले जनाएको छ।
विश्वका २६ देशमा १८ सय भन्दा धेरै मानिसमा कोरोना भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment