कोरोना भाइरसबाट जोगिन कर्मचारीलाई घरबाटै काम गर्न ट्विटरको निर्देशन

डिसी नेपाल
२० फागुन २०७६ ११:५७

बीबीसी । ट्विटरले आफ्ना कर्मचारीहरूलाई कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन घरैबाट काम गर्न निर्देशन दिएको छ।

एउटा ब्लगमार्फत् उक्त सामाजिक सञ्जाल कम्पनीले सो निर्देशन हङ‍्कङ, जापान र दक्षिण कोरियामा रहेका आफ्ना कर्मचारीलाई अनिवार्य लागु हुने बताएको छ।

ट्विटरले संसारभरिका आफ्ना ५,००० कर्मचारीलाई पनि कार्यालय नआउन प्रोत्साहन गरेको बताएको छ।

यो निर्देशन ट्विटरले कर्मचारीलाई अत्यावश्यकबाहेक अन्य व्यावसायिक यात्रा र कार्यक्रममाथि रोक लगाएको भोलिपल्ट आएको हो।

ट्विटरको मानवसंशाधन विभागका प्रमुख जेनिफर क्रिस्टीले भनिन्, “हाम्रो लक्ष्य हाम्रो वरपर र हामीवरपरको विश्वमा कोभिड-१९ फैलिने सम्भावना कम गर्नु हो।”

उक्त ब्लगमा ट्विटरले केही समययता घरबाट काम गर्ने तरिका विकास गरिरहेको पनि बताइएको छ: “हाम्रो लागि यो ठूलो परिवर्तन भए पनि हामी कार्यशक्तिलाई विकेन्द्रीकृत गर्ने कार्य गरिरहेका छौँ। त्यसमा घरबाटै काम गर्ने कुरा पनि छ।”

“हामी विश्वव्यापी सेवा हौँ र हामी संसारका कुनैपनि ठाउँबाट ट्विटरका लागि काम गर्न सक्ने अवस्था बनाउन प्रतिबद्ध छौँ।”

ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीले लामो समयदेखि घरबाट काम गर्न कुराको समर्थन गरेका छन् र गएको नोभेम्बरमा उनले छ महिना अफ्रिकामा बिताउने बताएका थिए।

ट्विटरको निर्णय एशियामा अन्य कम्पनीले गरेको निर्णयजस्तै छ। तर यो अन्य अमेरिकी कम्पनीले लिएकोभन्दा एक पाइला भएको बताइएको छ।

फेसबुक र गुगलजस्ता कम्पनीले पनि अमेरिकामा आफ्ना कार्यक्रम स्थगित गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *