प्रदेश नं–२ मा जनलोकपाल विधेयक पारित

डिसी नेपाल
१ चैत २०७६ १७:०२

जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभाको शनिबारको बैठकले प्रदेशमा सुशासन कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतले पारित गरेको छ ।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेशमा भ्रष्टाचार, ढिलासुस्तीजस्ता अनियमितता रोक्नका लागि सो विधेयक सर्वसम्मतले पारित भएको हो । प्रदेशसभाबाट पारित सो विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भई राज्यपत्रमा प्रकाशित भएपछि प्रदेश ‘जनलोकपाल ऐन २०७६’ को नामले कार्यान्वयनमा आउने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *